हेटौंडा – एउटी महिला जो बम्बईमा बेचिइन् । उनी अवोध थिइन् । निर्दोष थिइन् । जीवनमा कुनै दिन दुर्भाग्यपूर्ण तरिकाले बेचिएर भारतका बदनाम गल्लीमा आफ्नो कोमल देह सुम्पिनुपर्ने बाध्यता आउला भन्ने कल्पनै थिएन उसलाई ।
तर, भयो त्यही जे नहुनु थियो । अनि, एक दिन संयोग, उनी त्यस नरकीय जीवनबाट जेनतेन उम्केर स्वदेश फर्किन पाइन् । तर, समाजको दृष्टिकोण फरक छ । त्यसरी स्वार्थी मानवताको कुम्भीपापबाट बल्लतल्ल बाचेर आएकालाई हेर्ने हाम्रो समाजको दृष्टि अझै उस्तै साघुरो छ । सत्र/अठार वर्ष पहिलाको अवस्था कस्तो थियो होला ? कोही युवती बम्बईको कालकोठरीबाट बाचेर फर्केको सुन्दा सामान्य मान्छेको आङ सिरिङ्ग हुनसक्छ । धेरैलाई लाग्न सक्छ, त्यस्तो नरकीय जीवन बिताएर आएका महिला समाजमा हेपिएर वा हजारौं अपहेलना खेपेर कुनै कुनामा आँसु पिउदै बसेका होलान् । तर, यही समाज हो जहाँ त्यही नरकबाट आएका महिलाको आट र हिम्मत समाजमा रहेका पीडित महिलाका लागि भरपर्दो सहयोगी हात बन्न सकेको छ ।
सन् २००३ मा एउटा प्रोजेक्ट लिएर भारत पुगेकी डा. रिता ढुंगेल त्यहाँ जादा बेचिएका थुप्रै नेपाली चेली देखेपछि आफूले चेलीबेटी बेचबिखनको क्षेत्रमा काम गर्न थालिन् । त्यतिबेला आफूले केही गर्न नसके पनि फर्केर आएपछि उक्त क्षेत्रमा काम गर्ने प्रेरणा मिलेर काम गर्दै आएको उनी बताउछिन् । नेपालमा आएर काम गर्नु थियो भने नेपालमै नबसेर क्यानडा किन गएको भन्ने प्रश्न धेरैले गर्ने गरेको भन्दै उनले भनिन्-आखिर जहाँ बसे पनि काम गर्न इच्छा भए रोकिदैन । म क्यानडा बस्ने भए पनि बेचबिखनसम्बन्धि प्रोजेक्ट खोजीखोजी नेपालमा ल्याएर बेचिएर नेपाल फर्किएका चेलीलक्षित कार्यक्रम गर्ने गरेको उनी बताउ“छिन् । उनी क्यानडाको युनिभर्सिटी अफ द फ्रेजर भ्याली नामक संस्थामा कार्यरत् छिन् ।
आफ्नो अधिकारका लागि लड्न महिलालाई सक्षम बनाउने र अधिकारबाट बञ्चितहरुका अधिकारका लागि आफैं लड्नसक्ने बनाउने काममा सहयोग गरी सेमिनारहरु मार्फत् बेचबिखनमा परेका महिलाका समस्या नेपालका सम्बन्धित निकाय र सरकारसम्ममात्र नभएर राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा पुर्याउने काम गर्छिन् उनी ।
देशको राजनीतिमा भइरहेको उथलपुथल र राज्यले बेचिएका चेलीबेटीको क्षेत्रमा कुनै ध्यान नदिदा निराशा लाग्ने गरेको उनी बताउँछिन् । बेचिएका चेलीमाथि समाजले गर्ने दुव्र्यवहारका कुरा र स्थानीय सरकारले समेत गर्ने व्यवहारका कारण झन उनीहरु पछाडि पर्ने गरेको उनी बताउँछिन् । उनको अनुसन्धानमा चेलीबेटी बेचबिखनमा पर्नु आर्थिक विपन्नता मुख्य कारण रहेको देखिएको छ ।
करिब २० वर्ष अघिदेखि काम गर्दाको अनुभवमा त्यस बेलाको बेचबिखनको अवस्था र हालको अवस्थामा फरक नभएको उनी बताउ“छिन् । हालको फरक भनेको पहिला भारतमा मात्र बेचिन्थे भने हाल अन्य देशमा पनि रोजगारीका क्रममा बेचिने गरेका छन् । श्रममा बेचबिखन बढ्दै गएको छ । एचआईभी हुनेको अवस्थामा झन् जीवनयापन गर्न कष्टकर अवस्था रहेको उनको बुझाइ छ ।
संघसंस्था चलाएर बसेका व्यक्तिहरुले पनि सहीढंगले काम गर्न नसक्दा पीडित झन् पीडित हुने गरेको र संघसंस्थाबाट पनि भेदभावमा पर्ने गरेको हो कि भन्ने उनको बुझाइ छ । बेचबिखनमा परेकाहरुका लागि विभिन्न तालिम दिने र तालिमपछिका उपकरण/सामान दिने नगरेका कारण कतिपय पीडितको हकहितमा काम नगरेको पनि उनको बुझाइ छ । उनी भन्छिन्-संघसंस्था धेरै खुलेर पनि साच्चैका पीडित अधिकारबाट बञ्चित भएका छन् । संघसंस्था धेरै खोल्न सरकारले रोक लगाउनुपर्छ । बेचबिखनमा परेर फर्किएका महिलालाई सरकारले समेटेर लैजानुपर्ने तबमात्र राज्यले बेचबिखनमा परेकाका लागि केही गर्नसक्ने उनको भनाइ छ ।
एचआईभी पोजेटिभ र मानवबेचबिखनको क्षेत्रमा खोजका विविध परियोजना ल्याउने गरिएको बताउँदै उनले खोजमार्फत् महिलाका क्षमता अभिवृद्धि गराउने काममा आफूहरु लागेको बताइन् । प्रत्येक वर्ष कुनै न कुनै परियोजना लिएर आउने गरेकी छु,’ उनले यस्ता परियोजनाले महिलालाई सशक्त बनाएको दाबी गरिन् ।

