हेटौंडा – मकवानपुरको मनहरीमा बाघ मृत अवस्थामा फेला परेको छ । बिहीबार बिहान मनहरी गापालिका–६ प्रतापुर बस्ने बल बहादुर राईको गोठमा बाघ मृत फेला परेको हो । गोठमा बाँधिएको भँैसी घाइते रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा गएको प्रहरी टोली र पर्सा बन्यजन्तु आरक्षण शुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामीटार ब्यारेकबाट नेपाली सेनाको टोलीले बाघ बुढो रहेको र भैँसीले हान्दा मृत्यु भएको अनुमान गरेको छ ।
उक्त क्षेत्र चितवन राष्ट्रिय निकुन्जको पर्ने र चितवन राष्ट्रिय निकुन्ज शुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले बाघलाई लिएर गएको बताइएको छ।
केही प्रतिक्रिया छ कि ?

