Search
Close this search box.

हेटाैंडाकाे मन्त्री क्वाटरमा आगलागी


हेटौंडा – बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको सरकारी निवासमा आगलागी भएको छ। हेटौंडा -९ लामसुरेस्थित निवासको माथिल्लो तलाको सभाहलमा बिजुलिको तार सट भई अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार आइतबार साझ ७:४० को समयमा मन्त्री निवासमा आगलागी हुँदा इन्टरनेट व्याट्री ४ थान,इन्भट व्याट्री पावर सप्लाइ बकस १ थान,वाइफाइ राउटर १ थान, कार्पेट,गलैँचा र जिप्सन १०/५ को क्षति भएको हो।

अन्य मानबीय क्षती नभएको र दमकल, नेपाल प्रहरीको सहयोगमा ७:५५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan