हेटौंडा- हेटौंडा – १० बसपार्कस्थित रत्न होटलमा एक युवतीको हत्या भएको छ । मृतक हेटौंडा-११ निवासी २३ वर्षीया एलिसा न्यौपाने भएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार आइतबार साझ करिब ५ बजे उक्त होटलमा एक युवक र एलिसा पुगेका थिए । सोमबार बिहान अबेरसम्म पनि कोठाको ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । ढोका खोलेर हेर्दा एलिसा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
संगै आएका युवकले एलिसाको हत्या गरेर कोठाको ढोका भित्रबाट बन्द गरी झ्यालबाट बाहिर निस्किएको प्रहरीको भनाइ छ ।
युवतिसंगै रहेको पुरुष आइतबार रातिनै निस्किएको र उनको खोजी भैरहेको प्रहरीले जनाइएको छ। शव परिवारले शनाखत गरेको र पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा ल्याइएको जनाइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको जानकारी दिइएको छ।
केही प्रतिक्रिया छ कि ?

