Search
Close this search box.

नाम निकालेकाहरुलाई नियुक्ति बुझ्न हेटाैंडा अस्पतालकाे सूचना

हेटौंडा – हेटौंडा अस्पतालबाट साउन ३१ गतेको निणर्यानुसार साउन २३ गते देखि २८ गतेसम्म लिइएको अन्तर्वार्तामा सफल भएका उम्मेदवारहरुलाई ७ दिनभित्र अस्पतालमा करार सम्झौतामार्फत् नियुक्ति लिन अस्पताल प्रशासन शाखामा सम्पर्क राख्नका लागि सूचित गरिएको छ । अस्पतालका निमित्त निर्देशक डाक्टर रामचन्द्र सापकोटाले पत्रमार्फत् जानकारी गराएका हुन् ।
हेटौंडा अस्पतालको कर्मचारीको पदपूर्तिका लागि लिइएको परीक्षामा सफल भएकाहरुलाई नियुक्ति नदिइएपछि नेपाल तरुण दल हेटौंडा उपमहानगर कार्यसमितिले विरोध जनाएको थियो । परीक्षा र अन्तर्वार्तामा समेत सफल भएकाहरुलाई नियुक्ति दिन आनाकानी गरिएको भन्दै तरुण दलले मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सापकोटालाई ज्ञापनपत्र बुझाइएको थियो ।
अस्पतालको करारमा कार्यरत् कर्मचारीको म्याद सकिएपछि पुनः करारमा भर्ना गर्ने गरी साउन १ गते १५ दिनको सूचना प्रकाशन भएको थियो । ३१ गते अन्तर्वार्ता गरी परीक्षाफलसमेत प्रकाशन गरिएको थियो । परीक्षामा सफल भएकाहरुलाई नियुक्ति दिन ढिलाइ गरेकोमा चासो व्यक्त गर्दै तरुण दल नगर कार्यसमिति अध्यक्ष सुनील गिरीको नेतृत्वमा तरुणको टोली अस्पताल पुगेको थियोे ।
तरुण दल जिल्ला अध्यक्ष सन्तोष सापकोटा, केन्द्रीय सदस्य गुरुप्रसाद दाहाल (गोपी) लगायतले हेटौैंडा अस्पतालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हस्तक्षेप रहन नहुने धारणा राखे । ज्ञापनपत्र बुझाउने कार्यक्रममा तरुण नेताहरु सञ्जय श्रेष्ठ, भुपेन्द्र अधिकारी, सुशील सिग्देललगायत पुगेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan