Search
Close this search box.

युवतीकाे हत्या आराेपी समीर पक्राउ

हेटौंडा – हेटौंडा–१० बसपार्क स्थित रत्ना होटलमा गत भदौ १० गते भएकाे एक युवतीको हत्या अभियाेगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा–११ नवलपुर घर भएकी २२ वर्षीया अलिसा न्यौपानेलाई होटलको रुम नं २०५ मा लगि हत्या गरेकाे आराेपमा ३२ वर्षीय समिर खान भनिने चाँद खाँ पैठानलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हत्या आराेपित भई फरार रहेका समिरलाई सोमबार हेटौंडा–५ लट्टिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको हो।
उनलाई हिरासतमा राखी थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ।

प्रहरीले समिरका ५५ वर्षीय आमा सैरुन खान, २६ वर्षीय श्रीमति रविना खातुन, ५६ वर्षीय ससुरा लालबाबु खाँ पैठान र ३० वर्षीय जेठान फैयाज अहमदलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan