Search
Close this search box.

मनहरीमा खोल्साले बगाउँदा विद्यार्थीको मृत्यु

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकामा खोल्सा तर्ने क्रममा बगेर एक विद्यार्थीको मृत्यु भएको छ । अर्का एक विद्यार्थी घाइते भएका छन् ।

मंगलबार साँझ ५ बजेको समयमा विद्यालय छुट्टी भएर घर फर्कने क्रममा मनहरी–८, सिमपानीकी १४ वर्षीया रितिका भनिने रञ्जिता गुरुङको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मनहरी–८ स्थित युनाइटेड बोडिङ स्कुलकी छात्रा रन्जिता गुरुङ र महेन्द्र किरण माविमा अध्ययनरत १७ वर्षीया छात्रा घर फर्कने क्रममा मोरङगे खोल्सोले बगाएको थियो । रञ्जिता बगेर बेपत्ता भएकी थिइन् र अर्की छात्रा सामान्य घाइते भएकी थिइन् ।

शव २ किलोमिटर पर भेटिएको प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको र घाइते छात्राको मनहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan