Search
Close this search box.

रास्वपाको राष्ट्रिय भेला सर्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला सरेको छ ।

आगामी असोज ३ र ४ गतेको लागि आह्वान गरिएको रास्वपाको राष्ट्रिय भेला दुई दिन अगाडि सरेको हो ।

पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भेन्युका कारण राष्ट्रिय भेला २ दिन अगाडि सार्नुपरेको बताए ।

उनका अनुसार, भेला आगामी असोज १ र २ गते हुनेछ । महाधिवेशन २०८२ वैशाखमा गर्ने भएपनि मिति भने घोषणा भएको छैन ।

उनले काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठाको हलमा राष्ट्रिय भेलाको आयोजना हुने बताए । भेलामा १५ सयभन्दा बढी प्रतिनिधिको सहभागी हुने उनले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan