Search
Close this search box.

भेट्रान्स फुटबलकाे फाइनल खेल वर्षाका कारण सर्‍याे

हेटौंडा – हेटौंडा-५ स्थित पिप्ले-क्याम्पा रंगशालामा जारी राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको फाइनल भारि वर्षाका कारण सरेको छ । तेस्रो रोटरी मकवानपुर पिप्ले-क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता-२०८१ को फाइनल अधिक वर्षाका कारण असोज १ गतेलाई सरेको आयोजकले जानकारी दिएको हो ।
तेस्रो रोटरी मकवानपुर पिप्ले-क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता २४ गतेबाट सुरु भएको थियो । फ्रिडम फाइटर भेट्रान्स, काठमाडौ र हरिवन भेट्रान्स, सर्लाहीबीच दोस्रो सेमिफाइनल खेल भने सोमबार विहान ८ बजे हुने खेल संयोजक मोहन ढकालले जानकारी दिएका छन् । फाइनल खेलपछि असोज १ गते समापन हुनेछ । प्रतियोगितामा देशका विभिन्न स्थानका १५ वटा भेट्रान्स क्लबहरुले प्रतिस्पर्धा गरेका छन् ।
जलन प्राथमिक उपचार केन्द्र स्थापनाका लागि सहयोग जुटाउने उद्धेश्यले जारी प्रतियोगिताको उपाधि विजेताले २ लाख २ हजार २ सय २२ रुपिया“ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख १ हजार १ सय ११ प्राप्त गर्नेछ । प्रतियोगिता सञ्चालनका लागि १६ लाख लाग्ने आयोजकको अनुमान छ । पिप्ले युवा क्लब र रोटर्‍याक्ट क्लब अफ मकवानपुरको सहआयोजनामा प्रतियोगिता गरिएको हो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan