Search
Close this search box.

जसपा नेपालले पार्टीको अभियानमा नलाग्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालले संचालन गरेको पार्टीको अभियानमा नलाग्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ ।

पार्टी संचालन गरेको चार महिने अभियानमा सहभागी नहुने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको जसपाले जनाएको छ ।

सम्पूर्ण तहका पदाधिकारी एवम् सदस्यहरूलाई ‘जनतासँग जसपा अभियान’ मा सक्रियताका साथ लाग्न जसपा नेपालले सबैलाई आग्रह गरेको छ ।

जसपा नेपालले सो अभियानको क्रममा पार्टी सुदृढीकरण एवं शुद्धीकरण गर्ने कार्यलाई पनि निरन्तरता दिन निर्देशन दिँदै यस अभियानमा असहयोग गर्ने, निष्क्रिय रहने, सहभागी नहुनेलाई मातहतका समितिहरूले पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने जनाइएको छ ।

उक्त अभियान गत भदौ ९ गतेदेखि चार महिनाका लागि सुरु भएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan