Search
Close this search box.

सिस्नेरीमा एन्फा एकेडेमीका ६ विद्यार्थी पहिराेमा पुरिए, तीन जनाकाे शव फेला

हेटाैंडा- मकवानपुरको इन्दसरोवर गाउँपालिका सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ जना विद्यार्थी पहिराेमा पुरिएका छन् । बिहीबारदेखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा विद्यार्थीहरु पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

एन्फा एकेडेमिका ४० जना बिद्यार्थीहरु होस्टेलमा बस्ने गरेकोमा तिनिहरु मध्ये ६ जना बिद्यार्थीहरु बसिरहेको होस्टेलबाट सुरक्षित स्थानतर्फ जाने क्रममा अचानक माथिबाट पहिरो आई बेपत्ता भएका थिए ।

प्रहरी घटनास्थलमा पुगेकोमा हाल उद्दार कार्य गर्न भारी बर्षाको कारण कठिनाई भई रहेको , अन्य बिद्यार्थीहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।
थप उद्दारको लागी भिमफेदीबाट प्रहरी निरीक्षकको कमाण्डमा ९ जनाको टोली खटी उक्त स्थान मा खटिएको जानकारी दिइएको छ।

विद्यार्थीहरुमा मकवानपुरका अनुप घलान, दिवस बानियाँ र सुमन योञ्जन, धादिङका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मी रहेका छन् । बेपत्ता भएकामध्ये ३ जनाको शव भेटिएको छ भने उनीहरूको सनाखत हुन बाँकी छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan