Search
Close this search box.

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलायो

नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ ।

बैठक भोलि असोज १५ गते मंगलबार दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको हो ।

बैठक बानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बस्ने राज्य व्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका सांसद रामहरि खतिवडाले जानकारी दिए ।

उक्त बैठकमा बाढी, पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan