Search
Close this search box.

कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक आह्वान

सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने गरी आह्वान गरिएको छ ।

कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आह्वान गरेको जनाइएको हो ।

जसनुसार, संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्नेछ ।

दुवै बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको कांग्रेस संसदीय दलले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan