Search
Close this search box.

हेटौंडामा पहिलो महिला होमस्टे


हेटौंडा -हेटौंडाको मुख्य बजार क्षेत्रमा आभाश्री होमस्टे सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यो सम्भवतः हेटौंडा नगरको पहिलो होमस्टे हुनेछ । बाहिरी जिल्लाबाट विभिन्न सिलसिलामा हेटौंडा आउने महिलाका लागि हेटौंडा-१ स्थित भिन्तुनापथमा महिला उद्यमी सरिद्धी श्रेष्ठले आफ्नै घरमा होमस्टे सञ्चालनमा ल्याउने सम्पूणर् तयारी पूरा गरेकी हुन् ।


बिहीबार निवासमा पत्रकार सम्मेलन गरी होमस्टेबारे श्रेष्ठले जानकारी दिइन् । आफ्नै घरमा सञ्चालन हुने होमस्टे हाल ४ वटा रुमबाट सुरु गरिने श्रेष्ठले बताइन् । बाहिरबाट पढाइ, जागिरलगायत विभिन्न कामका लागि हेटौंडा आउने महिलालाई होटल/लजमा बस्न गाह्रो हुने भएका कारण सहज वातावरण होस् भनेर आफूले सञ्चालनमा ल्याउन लागेको उनले बताइन् ।


महिनाको १५ हजार रुपैयाँ प्याकेजमा खान र बस्नलगायत सुबिधा हुने उनले बताइन् । मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी पूर्वसभापतिसमेत रहेकी श्रेष्ठले हाल ४ वटा रुमबाट सेवा सुरु गरे पनि आवश्यकताअनुसार बढाउदै लगिने बताइन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan