हेटाैंडा- पूर्वपश्चम राजमार्गअन्तरगत मकवानपुरकाे मनहरी गा.पा.६ डिपार्टमा दुई सवारी साधन एक आपसमा ठाेक्किएर दूर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ भने १३ जना घाइते भएका छन् । आज दिउँसाे करिब १ बजेकाे समयमा बिरगंज बाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नं.को स्कारपियो र चितवन बाट हेटौडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नं.को कार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा कार चालक हेटाैंडा-४ स्कुलराेडका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठकाे मृत्यु भएकाे हाे ।
दूर्घटनामा कारमा सवार जिल्ला चितवन राप्ती नगरपालिका गड्यौलीका ५५ वर्षीय ओम कुमार श्रेष्ठ, राप्ति न.पा.२ गड्यौलीकै ५० वर्षीय सुनिता श्रेष्ठ, साेही ठाउँकी २१ वर्षकी सुमिना श्रेष्ठ घाइते भएका छन् । त्यस्तै स्कारपियोमा पर्सा बिरगंज महानगरपालिका २ छपकैयाका २६ बर्षीया पुजा देवी शाह, निजको छोरी ८ वर्षीया प्रियान्सि शाह, साेही ठाउँकी २३ वर्षीया सुरदी देवी, साेही ठाउँकी २१ वर्षीया निशा कुमारी शाह, बर्ष १५ को ओम संकर साह, बर्ष १९ को राजिब कुमार साह, वर्ष १९ की आरती कुमारी साह, ४ वर्षीया दिब्या कुमारी साह, बर्ष १६ को सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । घाइतेहरुकाे अलाइभ अस्पताल चितवनमा उपचार भइरहेकाे छ ।


