हेटौंडा । हेटौंडामा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा हेटौंडा अस्पतालमा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका–४ घर भई हाल हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगर नजिक डेरा गरी बस्ने ३१ वर्षीय प्रियम यादव रहेका छन्।
पीडितले मंसिर ६ गते राति ७ः५५ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरमा घटनाबारे जानकारी गराएपछि प्रहरीले सोही राति यादवलाई हेटौंडा अस्पतालबाट नियन्त्रणमा लिइ घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
केही प्रतिक्रिया छ कि ?

