Search
Close this search box.

प्रदेश राजधानी हेटौंडामा प्रयाप्त सीसी क्यामेरा नहुँदा सुरक्षा चुनौती

हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौंडाको जनघनत्व बढ्दो अवस्थामा छ । सवारी साधनको चाप पनि उत्तिकै बढ्दो छ । बढ्दो सवारी चाप र शहरीकरणका कारण दूर्घटना, चोरी, लुटपाट र विभिन्न अपराधका घटना बढ्ने चुनौती पनि उत्तिकै हुन्छ । त्यस्तो घटना हुँदा खोजबिन गरी सत्यतथ्य पत्ता लगाउनको लागि सार्वजनिक ठाउँमा राखिएका सीसी क्यामेरा निकै प्रभावकारी हुन्छन् । तर, हेटौंडामा प्रयाप्त मात्रामा सीसी क्यामेरा नहुँदा शान्ति सुरक्षामा चुनौती बढिरहेको छ ।

हेटौंडाको मुख्य सडक चोक र राजमार्गहरुमा प्रयाप्त सीसी क्यामेरा नहुँदा र भएका सीसी क्यामेरा पनि बिग्रिएका कारण प्रयाप्त शान्ति सुरक्षामा चु्नौती हुने चिन्ता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काको भनाइ छ । खड्काका अनुसार मकवानपुर जिल्लाभर सार्वजनिक स्थलमा एक सय ५९ वटा सीसी क्यामेरा रहेकोमा त्यसमध्ये ७९ थान सीसी क्यामेरा बिग्रिएर बसेका छन् ।

हाल ८० वटा क्यामेरा मात्रै चालु हालतमा छन् । शान्ति सुरक्षालाई थप मजबुत बनाउनको लागि राजमार्ग क्षेत्र र बजार क्षेत्रहरुमा अझै २९ ठाउँमा एएनपिआर सीसी क्यामेरा जडान गरिनुपर्ने प्रहरी उपरीक्षक खड्का बताउँछन् । प्रदेश मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाबाट सीसी क्यामेरा मर्मत र नयाँ जडानको काम गर्ने प्रतिवद्धता भने आएको तर, काम अघि बढ्न नसकेको प्रहरी उपरीक्षक खड्का बताउँछन् । अपराध अनुसन्धान र दूर्घटनाको निष्पक्ष छानविन गर्न र समग्र शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न सीसी क्यामेरा अत्यन्तै आवश्यक रहेको उनको भनाइ छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

प्रदेश राजधानी हेटौंडामा प्रयाप्त सीसी क्यामेरा नहुँदा सुरक्षा चुनौती

हेटौँडामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

प्रदेश राजधानी हेटौंडामा प्रयाप्त सीसी क्यामेरा नहुँदा सुरक्षा चुनौती

मकवानपुरगढीको शारदा माविको स्वण महोत्सवका अवसरमा एक साता सम्म ५८ वटा कार्यक्रम गर्ने

प्रदेश राजधानी हेटौंडामा प्रयाप्त सीसी क्यामेरा नहुँदा सुरक्षा चुनौती

बाघले बाख्रा मारेपछि स्थानीय त्रसित

प्रदेश राजधानी हेटौंडामा प्रयाप्त सीसी क्यामेरा नहुँदा सुरक्षा चुनौती

प्रभास घिमिरेकाे स्मृतिमा स्मृति ग्रन्थ लाेकार्पण तथा अक्षय काेष स्थापना

प्रदेश राजधानी हेटौंडामा प्रयाप्त सीसी क्यामेरा नहुँदा सुरक्षा चुनौती

जेसीआई हेटौंडाद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग

प्रदेश राजधानी हेटौंडामा प्रयाप्त सीसी क्यामेरा नहुँदा सुरक्षा चुनौती

हेटौंडामा एकल महिला, द्वन्द्वपीडित र सीमान्तकृत समूहको सशक्तिकरणका विषयमा छलफल

प्रदेश राजधानी हेटौंडामा प्रयाप्त सीसी क्यामेरा नहुँदा सुरक्षा चुनौती

कांग्रेस बैठकमा पूर्वमुख्यमन्त्री लामाकाे ‘विवादास्पद अभिव्यक्ति’, केन्द्रीय सदस्यहरुले गरे आलाेचना 

प्रदेश राजधानी हेटौंडामा प्रयाप्त सीसी क्यामेरा नहुँदा सुरक्षा चुनौती

मकवानपुरको विभिन्न स्थानमा लगाइएको  अवैध गाँजा खेती नष्ट

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan