Search
Close this search box.

११८९ ट्याब्लेट लागुऔषध नाईट्राभेटसहित २ जना पक्राउ


हेटौंडा । मकवानपुर प्रहरीले ११८९ ट्याब्लेट लागुऔषध नाईट्राभेट सहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुर चागुनारायण न.पा. वडा नं. ०८ बस्ने वर्ष २६ को प्रेम प्रसाद दाहाल र सोही स्कुटरको पछाडी सवार भई आएकी सोही स्थान बस्ने वर्ष २२ की निकिता पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार शनिबार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा- १५ स्थित रातोमाटे चेकपोष्ट अगाडी सडकखण्डमा सवारी चेकजाँच गर्ने क्रममा बिरगंजबाट काठमाण्डौतर्फ जादैं गरेको ना ६४ प ३१७६ नं. को स्कुटर चालक दाहाल र सोही स्कुटरको पछाडी सवार पुडासैनीलाई शंका लागी रितपुर्वक निजहरुको शरीर तथा स्कुटर समेतको खानतलासी गर्ने क्रममा स्कुटरको डिक्की भित्र लुकाई छिपाई गरी ल्याइएको अवस्थामा ११८९ ट्याब्लेट लागुऔषध नाईट्राभेट फेला परेको हो।

उक्त लागुऔषध बरामद गरी निजहरु दाहाल र पुडासैनीलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan