Search
Close this search box.

पेस्तोलसहित दुई भारतीय पक्राउ


हेटौंडा । हेटौंडामा गोली लोड भएको अत्याधुनिक अटोमेटिक पेस्तोल सहित दुई  भारतीय नागरिकलाई प्रहरीले  पक्राउ  गरेको छ।

आइतबार साँझ हेटौंडा १५ रातोमाटे प्रहरी चौकी रातोमाटे र अस्थाई प्रहरी पोष्ट हरियालीबाट खटिएको संयुक्त प्रहरी टोलीले गौरबाट चितवन जाँदै गरेको ना ख ८७७३ नम्बरको बसलाई चेकजाँच गर्नेक्रममा १ राउण्ड गोली सहितको नाइन एमएमको अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने थप दुई थान गोली बरामद सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरीले भारत बिहार सिहुहर जिल्ला धनहराग्राम बस्ने वर्ष २२ का धिरज कुमार र मोतिहारी जिल्ला बहरी बस्ने दिपक कुमारलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जनाएका छन्।

जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी घटना र पक्राउ गरेका व्यक्तिबारे जानकारी गराएका हुन्। उक्त  विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan