Search
Close this search box.

हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

हेटौंडा । हेटौंडा-६ सल्लाघारी भित्री सडकखण्डमा मोटरसाइकलले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा-६ रामनगर बस्ने वर्ष ६१ को कमल बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भित्री सडकखण्डमा (बिजय पथ) रामनगरबाट हात्तिलेट तर्फ आउँदै गरेको ना ५४ प १८७६ नम्बरको मोटर साइकलले ठक्कर दिदा मृत्यु भएको हो ।

प्रहरीका अनुसार बुधबार हेटौडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि चितवन तर्फ रिफर भएको अवस्था गम्भिर रहेको र नयाँ मेडिकल कलेज भरतपुर चितवन पुगी उपचार भई रहेकोमा बिहिवार बिहान डाक्टरले मृत घोषणा गरेको जानकारी दिइएको छ।

हेटौंडा-६ हात्तिलेट बस्ने वर्ष ४२ को बिदुर सापकोटा तत्काल फरार रहेकोको चौघडाबाट कमाण्डमा टोली खटि गई मोटरसाइकल र मोटरसाइकल चालकको खोज तलास भई रहेको प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan