हेटौंडा – हेटौंडा अस्पतालमा महिनौंदेखि बेवारिसे शव कुहिएर बसेका छन् । सम्बन्धित व्यक्ति नआउँदा ती शव कुहिएर बसेको शव व्यवस्थापनमा खटिएका कर्मचारीले जानकारी दिएका छन् । हेटौंडा अस्पतालमा दुई फ्रिजमा राखिएको तर बिग्रेका कारण शव कुहिएर कीरा परेर झिंगा भन्किरहेको अवस्थामा देखेपछि युवाहरुले विरोध गरेका थिए ।
अस्पतालका मेसु रामचन्द्र सापकोटाले कानुनी प्रक्रियाअनुसार हुने र कानुनी प्रक्रियाअनुसार शव सम्बन्धित व्यक्ति नआएसम्म र पहिचान नभएसम्म राख्नुपर्ने बताए । अस्पताल प्रशासनको नभएर प्रहरीको प्रक्रियागत् जानुपर्ने उनले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालयको भनाइअनुसार शव बाह्र वर्षसम्म राख्नुपर्ने कानुन छ ।
बेवारिस शवलाई सामान्यतया एक प्रकारको प्रक्रिया पुर्याएर अन्तिम संस्कार गरिन्छ । तर पहिचान भएका यस्ता शवको अन्तिम संस्कार कसरी गर्ने भन्ने अन्यौल हुन्छ । यस्ता घटनामा सवै पक्षलाई सहमतिमा ल्याउनुबाहेक अन्य कुनै व्यवस्था छैन । सामान्य मृत्युबाहेक शंकास्पद्रुपमा भेटिएका शवलाई पोस्टमार्टमका लागि सरकारी अस्पतालमा लैजाने गरिन्छ । अस्पतालले ती शव पहिचानका लागि प्रहरीसंग समन्वय गर्ने प्रक्रिया छ । ती मृतकको आफन्त खोज्ने प्रयास गरिन्छ । तर, आफन्त भेटिएनन् भने अन्तिम संस्कारका लागि स्थानीय तहलाई खबर गरिन्छ । गृह मन्त्रालयले बेवारिसे शव व्यवस्थापनका लागि जारी गरेको निर्देशिकाअनुसार त्यस्ता बेवारिस शवको अन्तिम संस्कारको काम स्थानीय तहहरुले गर्नुपर्ने हुन्छ ।
निर्देशिकामा अन्तिम संस्कारका लागि स्थानीय तहको समन्वयमा स्थान पहिचान गर्ने र सो स्थानको संरक्षण गर्ने उल्लेख गरिएको छ । त्यस्ता शव व्यवस्थापनका लागि सरकारी अस्पताल र प्रहरीबाट अनुरोध आउने गर्छ । तीन–चारवटा शव जम्मा भएपछि गाड्ने गरिएको छ । तर, निर्देशिकाले भनेझैं त्यस्तो निश्चित ठाँउ छनौट गर्ने र त्यसको संरक्षण गर्ने अवस्था छैन । निर्देशिकामा पहिचान नभएका तथा बेवारिस शव व्यवस्थापन सम्भव भएसम्म अन्तर्राष्ट्रिय मापदण्डअनुरुप १२ वर्षसम्म सुरक्षित रहन सक्ने गरी गर्नुपर्ने पनि उल्लेख छ । बेवारिस शवको फाइल नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले हेर्दै आएको छ ।
विभागको अभिलेखमा हालसम्म देशभरि करिब एक हजार २ सय शव पहिचान हुन सकेको छैन । हाल सरकारी अस्पतालहरुका शवगृहमा सबै बेवारिसे शव अटाउन सक्ने अवस्था छैन । शवगृहको क्षमताअनुसार शव राख्ने हो । अन्यथा, अन्तिम संस्कार गर्नुपर्ने बाध्यता छ । हाल अन्तिम संस्कार हुन नपाएका शव कति छन् भन्ने तथ्यांक आफूहरुसंग नभएको प्रहरी बताउँछन । प्रहरीले बेवारिस शवको अभिलेख राख्दै आएको छ । सबभन्दा बढी बागमती प्रदेशमा ३ सय ७४ वटा शवको पहिचान हुन सकेको छैन ।
पहिचान नखुलेका शव व्यवस्थापनमा भने प्रहरीले सास्ती भोग्नुपर्छ । सनाखत गर्न र आफन्तको अन्त्येष्टि गर्न पाउने हक सुनिश्चित गर्न पहिला पहिचान नखुलेका शव जोगाएर राख्नुपर्ने हुन्छ । तर, शव उचित तरिकाले फ्रिजिङ गर्ने व्यवस्था छैन । भए पनि क्षमता न्यून छ ।
न्यून संख्यामा मर्चुरी हुँदा शव राख्न समस्या भइरहेको छ । लगभग सबैजसो फ्रिज भरिभराउ नै हुन्छन् । नया“ शव राख्न लैजादा अस्पतालले पुरानो शव व्यवस्थापनका लागि प्रहरीकै जिम्मा लगाइदिन्छ । त्यसपछि प्रहरीलाई थप सास्ती पर्छ । पहिचान नभएका तथा बेवारिस शव व्यवस्थापन निर्देशिका, २०७८ अनुसार प्रहरीले प्रक्रिया पुर्याएर अन्त्येष्टि गर्नुपर्छ । जसका लागि पहिला फरेन्सिक डाक्टरको सहयोगमा सरकारको अभिलेखमा भएका बायोमेट्रिक औंठाछाप वा अन्य अभिलेखस“ग शव रुजु गर्नुपर्छ । यसमा औंठा छापदेखि दातसम्मको तुलना गर्नुपर्छ ।
औंठाछापको अभिलेख निर्वाचन कार्यालय, जिल्ला प्रशासनलगायत सरकारी कार्यालयमा हुनसक्छ । तर, त्यहाँका कर्मचारी सहजीकरणमा आलटाल गर्दा प्रहरीलाई समस्या हुन्छ । यी प्रक्रिया पुर्याइसकेपछि स्थानीय जनप्रतिनिधि र संघसंस्थाको रोहबरमा अन्त्येष्टि गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । अन्त्येष्टिका लागि चाहिने खर्च पनि स्थानीय तहबाट व्यवस्था गर्नुपर्ने व्यवस्था छ । तर, स्थानीय तहले नमानेको अवस्थामा समस्या हुन्छ । यसका लागि संघीय सरकारले स्थानीय तहसंग समन्वय गर्नुपर्ने प्रहरी बताउँछन् ।
शव पहिचान नखुल्दा मृत्युको कारण पत्ता लगाउन पनि समस्या भएको प्रहरीमो गुनासो छ । शव सडेगलेको अवस्थामा फेला परे त मृत्युको कारण पत्ता लगाउन समस्या हुन्छ । ज्यान मारेको भए अपराधीसम्म पुग्न चाहिने सुराककै अभाव हुन्छ ।
शव पहिचान नखुल्दा वा आफन्त सम्पर्कमा नहु“दा प्रहरी अनुसन्धानसमेत कमजोर हुन्छ । तर, शंकास्पद् मृत्युको हकमा अनुसन्धानका लागि लामो समयसम्म शव राख्नुपर्छ । ‘शंकास्पद् मृत्यु छ भने १०/१५ वर्षसम्म पनि शव राखेका छौं । जसले गर्दा अनुसन्धानको सम्भावना रहन्छ,’ प्रहरीले भनेको छ–अन्त्येष्टि गरिएका शवको हकमा पनि अनुसन्धान सकिएको भन्ने हुन्न ।
के छ कानुनी प्रावधान
भण्डार वा संरक्षण गरिएका बेवारिस शव हस्तान्तरण (१) दफा १४ बमोजिम भण्डारण वा संरक्षण गरिएका शवको पहिचान खुल्न आए हकवाला वा आफन्तलाई अनुसूची–३ बमोजिम ढा“चामा सनाखत गराइ अनुसूची–४ बमोजिमको शव हस्तान्तरण फाराम भरी शव हस्तान्तरण गर्नुपर्ने छ ।
समितिले तोकेको अवधिभित्र उक्त दफाबमोजिम हस्तान्तरण हुन नसकेको शव कुनै शिक्षण अस्पताललाई सिकाइ कार्यका लागि आवश्यक भए समितिको सिफारिसमा अनुसूची–५ बमोजिम ढा“चामा सम्झौता गरी शव भण्डारण वा संरक्षण गर्ने निकायले त्यस्तो शिक्षण अस्पताललाई हस्तान्तरण गर्नसक्ने छ । पहिचान नभएका तथा बेवारिस शव हस्तान्तरण कार्यमा सम्भव भएसम्म अन्तर्राष्ट्रिय मापदण्डअनुरुप विविध विधि, पद्धति एवम् प्रक्रिया अवलम्बन गर्नु पर्नेछ । पहिचान नभएका बेवारिस शव व्यवस्थापन सम्भव भएसम्म अन्तर्राष्ट्रिय मापदण्डअनुरुप बाह्र वर्षसम्म सुरक्षित रहनसक्ने गरी राख्नुपर्दछ ।

