Search
Close this search box.

बिष्फोटक पदार्थसहित हेटौंडाबाट एक जना पक्राउ


हेटौंडा । मकवानपुर प्रहरीले बिष्फोटक पदार्थ सहित १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा -१९ बस्ने वर्ष ४३ को अमृत घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सोमबार अन्दाजी १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले हेटौंडा- ३ स्थित प्रहरी चौकी बसामाडी अगाडी सडकखण्डमा चेकजाँच गर्ने क्रममा उक्त विष्फोटक पदार्थसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार, बस्तीपुरबाट हेटौंडातर्फ आउँदै गरेको ना ८ ख. ४२१४ नं. को यात्रुवाहक बसमा सवार भई आएका घलानलाई शंका लागी रितपुर्वक खानतलासी गर्ने क्रममा निजले बोकेको झोला भित्र लुकाई छिपाई गरी राखी ल्याईएको अवस्थामा 90 premier 32 MM Explosives class-2 लेखिएको विष्फोटक पदार्थ जस्तो देखिने गिलो पदार्थ थान -१, Neogel-901, cap sensitive Emulsion Explosive लेखिएको सुन्तला रंगको प्लाष्टिकमा रहेको बिष्फोटक पदार्थ जस्तो देखिने सेतो गिलो पदार्थ थान- १, बिष्फोटक पदार्थ जस्तो देखिने सेतो गिलो पदार्थ थान -२, सुन्तला रंगको प्लास्टिकमा रहेको बिष्फोटक पदार्थ जस्तो देखिने गिलो पदार्थ थान -३, कालो रंगको टेपले बेरी राखेको सेतो रंगको तार जोडेको बिद्युतीय डेटोनेटर थान -६, कालो टेपले बेरी रातो सेतो रंगको तार जोडेको बिधुतिय डेटोनेटर थान -२० गरी जम्मा थान -३३ र तार नजोडेको कालो टेपले बेरी राखेको डेटोनेटर थान -१४ साथै Detcord जस्तो देखिने रंगको तार ३ फिट ६ ईन्चको -१ थान, ३ फिट ८ ईन्चको थान -१ गरी थान -२ फेला परेको हो।

उक्त बिष्फोटक पदार्थ सहित घलानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट बिष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्धामा अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan