Search
Close this search box.

ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा हेटौंडाबाट ४ जना पक्राउ


हेटौंडा । मकवानपुर प्रहरीले ज्यान मार्ने उद्योग सम्बन्धी कसुर मुद्धामा ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा
बारा सिम्रनगढ नगरपालिका- ४ बस्ने वर्ष १९ को अजय गिरी, सोही स्थान बस्ने वर्ष २० को सञ्जय गिरी, बस्ने वर्ष १९ को शिव मंगल गरी र रौतहट मौलापुर नगरपालिका – ६ बस्ने वर्ष २० को शिवम् गिरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सोमबार ८:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा- १५ पिपल चौतारा स्थित पुर्व पश्चिम सडकखण्डबाट गरेको प्रहरीले जनाएको छ।

हेटौडाबाट बिरगंजतर्फ जादैं गरेको बा २१ च ६०७ नम्बरको कारलाई सोही दिशाबाट जादैं गरेको म.प्र. ०२-०३४ प १३७२ र प्र. ०२- ०३४ प ४१२९ नं. को २ वटा मोटरसाईकल चालकहरुले जिकज्याक गरी बाटो अवरोध पुर्‍याएको साथै उक्त कारलाई रोकी कार चालक जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका-२२ बस्ने वर्ष ५० को बलराम लामा दोङ र सोही कारमा सवार रहेका ऐ.वडा नं. २१ बस्ने वर्ष ६० को मनोज साह समेतलाई उक्त मोटरसाइकल चालकहरुले कुटपिट गरी शरीरको विभिन्न भागहरुमा गहिरो चोट पुर्‍याई घाईते बनाएको घटनामा संलग्न चालकहरुलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ।
उक्त चारै जनालाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसुर मुद्धामा ६ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan