हेटौंडा । मकवानपुरको मनहरीमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ । मनहरी गाउँपालिका-७ स्थित डम्पिङसाईटमा नवजात शिशु (छोरी)को शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मंगलबार ६:२५ बजेको समयमा मनहरी गाउँपालिका-७ स्थित डम्पिङसाईटमा नवजात शिशु (छोरी)को मृत अवस्थामा शव रहेको भन्ने खबर इ.प्र.का. मनहरी मकवानपुरमा जानकारी प्रप्त हुन साथ प्र.नि.विशाल सापकोटाको कमाण्डमा टोली खटि गएको थियो ।
उक्त शव को कस्ले फालेको हो भन्ने नखुलेको अन्दाजी १/२ दिन अगाडी मात्रै जन्माएर फालेको हुनसक्ने जस्तो देखिएको जानकारी दिइएको छ ।
शिशुको शव सालनालसहित रहेको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
मकवानपुरमा विगतका दिनहरुमा पनि सालनालसहितका थुप्रै शिशुको शव फेला परिसकेको छ भने फाल्ने व्यक्तिलाई प्रहरीले पत्ता लगाएर कारवाही गर्न भने सकेको छैन् ।

