Search
Close this search box.

सामूहिक बलात्कारको आरोपमा ७ जना किशोर पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले सामूहिक बलात्कारको आरोपमा ७ जना किशोरहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका किशोरहरु १८ वर्ष मुनिको रहेको हुँदा नामथर वतन तथा तस्बिर सार्बजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा-२ स्थित वनस्खण्डी मन्दिर माथिको जंगलमा गत माघ ६ गते बिहान करिब ८ः३० बजे भएको जबरजस्ती करणी घटनाको सम्बन्धमा पीडित युवतीले फागुन २१ गते प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी थिइन् ।

जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गरी फागुन २२ गते हेटौंडा उपमहानगरपालिकाका विभिन्न स्थानबाट ५ जना आरोपित किशोरहरुलाई नियन्त्रणमा लिएको थियो । यसै क्रममा फागुन २३ गते थप २ जना आरोपित किशोरहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर जिल्ला अदालतबाट जबरजस्ती करणी कसुर मुद्दामा ५ दिनको म्याद अनुमति लिई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan