Search
Close this search box.

मनहरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते


हेटौंडा – मकवानपुरको मनहरीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

मंगलबार दिउँसो मकवानपुर मनहरी गाउँपालिका(७ स्थित पुर्ब पश्चिम सडक खण्डको रमनटारमा चितवन तर्फबाट मनहरीतर्फ आउदै गरेको ग ११ प ९६२८ नं को मोटरसाइकललाई सोही दिशा तर्फबाट आउँदै गरेको बाप्र ३-००१ क ०८२७ नं मिक्सर ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालककी श्रीमती ३४ बर्षकी सरितादेवी चौधरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घाइतेहरु मोटरसाइकल चालक बारा कोल्वि नगरपालिका ५ कवडी वर्ष ३५ को शिवकुमार चौधरी र शिव कुमार चौधरीको साडुभाई रौतहट घर भएको अजय चौधरीको छोरा वर्ष ५र६ अन्श चौधरी रहेको प्रहरीले जनाएको छ।

दुईजना घाइतेलाई उपचारको लागी हेटौडा अस्पताल ल्याएको , मिक्सरट्रक र ट्रक चालक मनहरी गाउँपलिका ९ ज्यामिरे बस्ने वर्ष ४९ धन बहादुर सुनार ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरको नियन्त्रणमा रहेको जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan