Search
Close this search box.

ट्याक्टर दुर्घटना हुँदा चालकको‌ मृत्यु


हेटौंडा । हेटौँडा–१९, ज्यामिरेमा ट्याक्टर दुर्घटना हुँदा चालकको‌ मृत्यु भएको छ। मृत्यु हुनेमा चालक पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४, हरपुरका १९ वर्षीय सद्दाम हुसेनको घटनास्थलमा मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार,शनिबार बिहान ९ बजेर ३० मिनेटको समयमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोष्टतर्फ जाँदै गरेको बा प्र २–०३–००१ त ४३७१ नम्बरको बालुवा लोड गरेको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना ट्याक्टरले च्यापिएर उनको मृत्यु भएको हो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan