Search
Close this search box.

विद्युतको लाइन सर्ट भइ आगलागी हुँदा ७ लाख बराबरको क्षति


मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका-५ बोटबारी स्थित भिम बहादुर मोक्तानको घरमा आगलागी भएको छ। मोक्तानको घरमा सोमबार विद्युतको लाइन सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान ९:३० बजेको समयमा मोक्तानको एकतले ढुंगा र माटोले बनेको घरमा विद्युतको लाईन सट भई एक्कासि आगोलागी भएको हो।

प्रहरीका अनुसार,आगलागीबाट घरभित्र रहेको नगद रू. ४०,००० (चालिस हजार) जलि नष्ट भएको, अन्नपात, काठ, भाडावर्तन र लत्ताकपडा गरी अन्दाजी रु ७ लाख बराबरको क्षति भएको भनि घरधनिले जानकारी गराएका छन् ।

प्रहरी चौकी चैनपुर मकवानपुरबाट प्र.स.नि.नबिन कुमार सिंहको कमाण्डमा टोली र स्थानीयको सहयोगमा आगो निभाइएको जानकारी दिइएको छ। मानवीय र पशुचौपायाको क्षति नभएको जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan