Search
Close this search box.

सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु


मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । सिस्नेरी बजार पछाडि खोलामा पौडी खेल्ने क्रममा सोमबार अपराह्न करिब ५ ;३० बजे डुबेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार इन्द्रसरोबर गाउँपालिका-३ सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका छोरा १५ वर्षीय सुशान्त आचार्य, काभ्रेको फूलबारी दाप्चा घर भएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको डुबेर मृत्यु भएको हो।
उनीहरु सिस्नेरी खोलाको ढुंगाको ओढारमा जमेको पानीमा घरबाट पौडी खेल्न गएका थिए।

मृतक बालकको शव पोस्टमार्टम गर्न काठमाडौंस्थित अस्पताल पठाइएको जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan