Search
Close this search box.

`विशिष्ट युवा प्रतिभा पहिचान कार्यक्रम’ सुरु


हेटौंडा। युवामा रहेको सिर्जनात्मक क्षमता र उद्यमशील सोचलाई व्यावसायिकरुपमा रुपान्तरण गर्ने उद्धेश्यले प्रदेश युवा परिषद् बागमती र मकवानपुर बहुमुखी क्याम्पसको सहकार्यमा ’विशिष्ट युवा प्रतिभा पहिचान कार्यक्रम’ सुरु गरिएको छ ।
नवाचारलाई प्रवद्र्धन गर्दै युवा स्टार्टअपहरुलाई आवश्यक परामर्श, वित्तीय सहायता, प्रविधि तथा पूर्वाधारको पहुँच उपलब्ध गराउने लक्ष्यसहित सञ्चालन गरिएको कार्यक्रमलाई निरन्तर अघि बढाउन दुवै संस्थाबीच समझदारीपत्र आदानप्रदान गरिएको छ ।
समझदारीपत्र आदानप्रदान कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पस अध्यक्ष अनन्त पौडल, क्याम्पस निवर्तमान अध्यक्ष एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, परिषद् कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, कार्यालय प्रमुख रमेश घिमिरे, स्ववियु सभापति प्रसिद्ध रेग्मीलगायतको उपस्थिति थियो ।
कार्यक्रमले नवप्रवर्तनशील सोचलाई व्यवसायमा बदल्दै उद्यमशीलता प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । छनौट गरिने युवा नवप्रवर्तकहरुलाई स्टार्टअप इन्क्युबेटरमार्फत् सहजीकरण गरिनेछ भने उनीहरुलाई व्यावसायिक तालिम, नेतृत्व विकास, लगानी व्यवस्थापन तथा डिजिटल मार्केटिङसम्बन्धि ज्ञान प्रदान गरिनेछ । स्टार्टअप एक्सपो, इनोभेसन समिट तथा विभिन्न उद्यमशीलता प्रवद्र्धन कार्यक्रम गर्दै नवाचारयुक्त स्टार्टअपहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउने योजना छ ।
परिषद् कार्यकारी उपाध्यक्ष चौलागाईंका अनुसार देशको आर्थिक वृद्धिमा योगदान गर्ने लक्ष्यसहित अघि बढाइएको कार्यक्रमले स्थानीय उत्पादन प्रवद्र्धन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नेछ । प्रतिभावान् युवालाई स्वदेशमै अवसर प्रदान गर्दै ॅब्रेनड्रेन’ न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रमअन्तर्गत् नवप्रवर्तक तथा स्टार्टअपहरुलाई वित्तीय सहायता र लगानी व्यवस्थापन गर्न विभिन्न उपाय अपनाइनेछ । प्रतिस्पर्धीरुपमा अनुदान वा वीउ पुजी उपलब्ध गराइने, स्टार्टअपलाई लगानीकर्तासंग जोड्ने अवसर प्रदान गरिने, बैंक तथा वित्तीय संस्थास“ग सहकार्य गरी सहुलियतपूर्ण ऋण उपलब्ध गराइने तथा व्यवसाय दर्ता, कर व्यवस्थापन तथा लगानी स्रोत पहिचान गर्न आवश्यक परामर्श दिइनेछ । कार्यक्रम आयोजकहरुले इच्छुक युवालाई आवेदन दिन आह्‌वान गर्दै नवप्रवर्तनशील सोचलाई मूर्तरुप दिन सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan