हेटौंडा । ७ ग्राम ३७० मिलि ग्राम लागुऔषध खैरो हेरोईनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
हेटौंडा-१५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडकखण्डबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा हेटौडा-१ बस्ने वर्ष २४ को राज श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार ४:५० बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले- १५ रातोमाटे चेकपोष्टस्थित पुर्वपश्चिम सडकखण्डमा बिरगंजबाट हेटौंडा बजारतर्फ आउदै गरेको बा.प्र.०८-००१ ज ००१९ नं.को यात्रुबाहक ईभी गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा सो ईभी गाडीमा सवार भई आएका श्रेष्ठलाई शंका लागी खानतलासी गर्ने क्रममा निजको साथबाट लुकाई छिपाई ल्याईएको अवस्थामा ७ ग्राम ३७० मिलि ग्राम लागूऔषध खैरो हेरोईन फेला परेको हो।
उक्त लागूऔषधसहित निज राज श्रेष्ठलाई नियन्त्रणमा लिई लागुऔषध मुद्धा कसुरमा मकवानपुर जिल्ला अदालत हेटौडाबाट ५ दिनको अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

