हेटौंडा – सामाजिक सुरक्षा र जीविकोपार्जनको अवस्थाबारे चुनौती र आगामी रणनीति विषयक प्रदेशस्तरीय सरोकारवालासंग समन्वय गोष्ठी भएको छ । शुक्रबार शान्तिका लागि साझा अभियान (कोक्याप) बागमती प्रदेश हेटौंडा आयोजनामा कार्यक्रम भएको हो ।
सामाजिक सुरक्षा र जीविकोपार्जनको क्षेत्रमा कार्या गरिरहेका सरोकारवालाहरुस“ग समन्वय गर्ने, सामाजिक सुरक्षा, जीविकोपार्जनको अवस्थाबारे छलफल गर्ने, सामाजिक सुरक्षा र जीविकोपार्जनको आगामी रणनीतिबारे छलफल गर्ने उद्धेश्यले कार्यक्रम गरिएको थियो । सामाजिक सुरक्षाका उपक्रम, स्थानीय सुरक्षा र जीविकोपार्जनका स्थानीय नीति तथा कार्यक्रममा देखिएका समस्याबारे कार्यक्रम सहजकर्ता अनन्त बानिया“ले प्रस्तुतिकरण दिएका थिए ।
शान्तिका लागि साझा अभियान (कोक्याप) बागमती प्रदेश अध्यक्ष दिनेशकुमार परियारको सभाध्यक्षतामा भएको कार्यक्रममा रोजगार शाखा प्रमुख बिजेन श्रेष्ठ, गैसस सल्लाहकार सीताराम बर्तौला, गैरसरकारी संस्था मकवानपुर अध्यक्ष रमिला सापकोटा, माइती नेपाल कार्यक्रम संयोजक माया तामाङलगायत सरकारी तथा गैरसरकारी संस्था प्रतिनिधिहरुको उपस्थिति थियो । शान्तिका लागि साझा अभियान (कोक्याप) ४३ वटा संघसंगठनको छाता संगठन हो ।

