मकवानपुर – मकवानपुरको मनहरीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
मनहरी गाउँपालिका –९ खरङ्गा स्थित पुर्व पश्चिम सडकखण्डमा काठमाण्डौ तर्फबाट जनकपुर तर्फ जाँदै गरेको बा.प्र०१–००६ख. ६७१६ नं. को गाडी रोकि बाहिर शौचालय जानको लागि बाटो क्रस गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको ना ८ ख. १८०९ नं. को बसले उदयपुर त्रियुगा नगरपालिका–२ संगमटोल बस्ने बर्ष ५८ को जित बहादुर प्रधानलाई ठक्कर दिदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार गाडी रोखि बाहिर शौचालय जानको लागि बाटो क्रस गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको प्रधानलाई ठक्कर दिदाँ टाउको, छाति र दाहिने खुट्टामा चोट लागी गम्भिर घाईते भएका थिए।
घाईतेलाई उद्दार गरी उपचारको लागी हेटौडा अस्पताल मकवानपुर ल्याइएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको थियो। बस प्रहरीको नियन्त्रणमा रहेको र बस चालक धादिङ सिद्वलेक गाउँपालिका- ३ बस्ने वर्ष २६ को मोहन थापा मगर प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिइएको छ।