हेटौंडा। हेटौंडामा भाटभटेनीले कुहिएको फलफुल बेचेको पाइएको छ । हेटौंडा–२, चौकीटोलस्थित भाटभटेनीले सेलमा राखेर कुहिएको फलफुल बेच्ने गरेको पाइएको हो ।
सधैं जस्तो बिग्रेका कुहिएका फलफुल र तरकारी भाटभटेनीले राख्नाले असर पर्नसक्ने स्थानीयहरु बताउँछन् । सस्तो भनेर ॅसेल’ मा राखेका फलफुल र तरकारी बिग्रेका राख्ने गरिएको स्थानीय बताउँछन् । खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय शाखा प्रमुख काशीनाथ घिमिरेले अनुगमन गर्दा नभेटिएको बताउँदै त्यस्तो बेचेको भेटिए कारबाही गरिने बताए । तत्काल निरीक्षक शाखामा खबर गरिने उनले जानकारी दिए ।
केही प्रतिक्रिया छ कि ?

