Search
Close this search box.

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

हेटौंडा । मकवानपुरगढीमा इभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जनाको उपचारको क्रममा र एक जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य १४ जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार बिहान १ बजेको समयमा मकवानपुरगढी गाउँपालिका २ धरमपानीस्थित कान्तिलोक पथ सडकखण्डमा काठमाडौंबाट हेटौडा आउँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बर इभि गाडी सडकभन्दा २०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो ।

घाईतेहरुलाई उपचारको लागि हेटौंडा ल्याइएको छ । त्यस्तै चालक सर्लाहीको बागमती गाउँपालिका ५ बस्ने वर्ष अन्दाजी २९ को कमल बहादुर दर्लामीको हैटोडा अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

टौडा अस्पतालमा उपचारमा उपचार भईरहेको घाईतेहरु
१, जि. रौतहट दुर्गा भवानिपुर गा.पा. ५ बस्ने अं. बर्ष ५५ को राम प्रकाश राउत शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम ।
२,, निजको श्रीमती जि. रौतहट दुर्गा भवानी गा.पा. ५ बस्ने अं. बर्ष ५० की निलम देवी राउत टाउकोमा चोट अबस्था गंभिर उपचारको क्रममा ०४:३० बजे मृत्यु भएको ।
३, जि. सर्लाही बरहथहवा न.पा. ८ बस्ने बर्ष ५२ को शिवशंकर राय टाउको र दुबै खुट्टामा चोट अबस्था मध्यम ।
४, ऐ.ऐ. बस्ने निजको श्रीमती अं. बर्ष ४५ की रिकिदेवी राय शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम रहेको ।
५, जि.सर्लाही बरहथवा न.पा. ९ बस्ने अं. बर्ष २७ को मनोज राय शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम ।
मकवानपुर सहकारी अस्पतालमा उपचार भई रहेको घाईतेहरु
१,जि. सर्लाही हरिहरपुर न.पा.१ बस्ने बर्ष अं.२७ को नवराज मगर बाँया हात र खुट्टामा भित्री चोट अबस्था मध्यम ।
२,ऐ.ऐ. बस्ने बर्ष अं.१६ की प्रियंका मगर शरिरको भित्री भागमा चोट अबस्था मध्यम ।
३,ऐ.ऐ. बस्ने बर्ष अं.१५ को सृजन मगर शरिरको भित्री भागमा चोट अबस्था मध्यम ।
४, ऐ.ऐ. बस्ने बर्ष अं.४० की जमुना मगर टाउकोमा चोट अबस्था मध्यम ।
५,ऐ.ऐ. बस्ने बर्ष अं.१९ को सुदिप रिसाल शरिरको भित्री भागमा चोट अबस्था सामान्य ।
६,जि. सर्लाही विष्णुपुर गा.पा.३ मधुवनगोठ बस्ने बर्ष अं.२७ को देवराज कुमार साह शरिरको भित्री भागमा चोट अबस्था सामान्य ।
७,ऐ.ऐ. बस्ने बर्ष अं.४२ की किसुनव्रर्ती साह शरिरको बिभिन्न भागमा भित्री चोट, अबस्था मध्यम ।
८,जि.सर्लाही बागमती गा.पा.०७ बस्ने वर्ष अं. १६ कि युनिका दर्लामी मगर शरिरको भित्री भागमा चोट, अवस्था मध्यम ।
९, जि.महोत्तरी गौशाला गा.पा.०५ बस्ने वर्ष अं. १६ को आदित्य छोरचंगी मगर शरिरको भित्री भागमा चोट अवस्था मध्यम ।
१०, यात्रु जि. सर्लाही बागमती गा.पा. ७ बस्ने अं.बर्ष १३ की मानुसी मगर प्रहरीले खो.त. गर्ने क्रममा ऐ.०५:३० बजे दुर्घटनास्थल नजिक खोल्सामा मृत अबस्थामा फेला परेको ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan