Search
Close this search box.

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–७ लच्कास्थित पूर्व–पश्चिम सडक खण्डमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको बा ६२ प १११४ नम्बरको मोटरसाइकलले हाल नामथर वतन नखुलेको करिब ६० वर्षीय महिलाले बाटो ‘क्रस’ गर्ने क्रममा ठक्कर दिइ मृत्यु भएको हो ।

मोटरसाइकलले ठक्कर दिएर घाइते भएकी महिलाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक मनहरी गाउँपालिका–६ का ३२ वर्षीय मन्शु गुरुङलाई नियन्त्रणमा लिएको जानकारी दिइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan