हेटौंडा । हेटौंडामा गुडिरहेको बोलेरो गाडि डुबेको छ। हेटौंडा-१७ गैरीगाउँ स्थित भित्री कच्ची सडकखण्डमा सडक नजिकै स्थानीयले बोरिङको लागि खनेको पानीसहितको खाल्डोमा गाडी डुबेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार शनिबार १२:५० बजेको समयमा गैरीगाउँ स्थित भित्री कच्ची सडकखण्डमा सडक नजिकै स्थानीयले बोरिङको लागि खनेको पानी सहितको खाल्डो नजिक गैरीगाउँबाट चुच्चेखोला तर्फ जाँदै गरेको ना ४ च४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बाेलेरो गाडी (खाली) अचानक बाटोबाट चिप्लिन गई पानीमा डुबेको हो। बाेलेरो चालक सकुशल रहेको जानकारी दिइएको छ।
उक्त स्थानमा पानी तानेर बाहिर फाल्नको लागि २ वटा मोटर पम्प प्रयोग गरिएको, पानीको सतह घटेको भएतापनि सवारी साधन हालसम्म नदेखिएको छ।
खाल्डोको दायाँ बायाँबाट माटो झरिरहेको कारण खाल्डोको आयतन झन् ठुलो हुदै गएको र सवारी साधन खोजि कार्य जारी रहेको जानकारी दिइएको छ।

