हेटौंडा । सवारी दुर्घटना प्रतिकार्यका लागि हेटौंडा अस्पतालमा ‘डेमो’ गरिएको छ । हेटौंडा अस्पतालले आकस्मिक विपद् व्यवस्थापनको सिप विस्तारका लागि डेमो गरेको हो ।
हेटौंडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटाको नेतृत्वमा अस्पतालको आकस्मिक विपद् व्यवस्थापनका क्रममा १० जना घाइतेको सफल व्यवस्थापन तथा सहकार्य अभ्यास गरिएको थियो । सबैलाई खबर भएर भएको डेमोमा केही कमीकमजोरी भएको बताउँदै जानकारीबिना पुनः गरिने उहाँले बताउनुभयो । अस्पतालमा हुने भिड कसरी मिलाउने भन्ने पनि डेमोमार्फत् देखाइएको थियो । मन्त्रीलाई पनि उपचार हुँदै गर्दा भित्र जान नमिल्ने भन्दै रोकिएको डेमोमार्फत् देखाइएको थियो । जबकि, बास्तवमा यस्तो दृष्य नेपालमा देख्न भने सकिदैन। डेमोपश्चात् भएका कमीकमजोरीलाई कसरी सुधार्ने भन्ने विषयमा छलफल गरिएको थियो ।
केही प्रतिक्रिया छ कि ?

