मकवानपुर । बागमती प्रदेशका पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले सीपयुक्त जनशक्ति निर्माण जरुरी भएको बताएका छन् ।
हेटौँडा गार्मेन्ट उद्यमी समूह, सूर्यमणि प्राविधिक शिक्षालय र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रको आयोजनामा भएको ३० दिने विशेष सिलाइ( एड्भान्स बुटिक), ढाका कपडा बुनाइ र औद्योगिक विद्युत् जडान तालिम उद्घाटन गर्दै श्रेष्ठले उद्योगहरुमा सीपयुक्त जनशक्ति अभाव भइरहेको बताए ।
उनले विभिन्न वडामा यस्ता जनशक्ति तयार पार्न तालिमहरु दिइएको र प्रदेश सरकारले जनतालाई प्राविधिक रुपमा दक्ष बनाउने काम गरिरहेको बताए ।
हेटौँडा गार्मेन्ट उद्यमी समूहका अध्यक्ष मेनका श्रेष्ठको अध्यक्षमा भएको तालिम उद्घाटनमा उद्योग, वाणज्य,भुमी तथा प्रसासन मन्त्रालय हेटौँडाका अधिकृत महेशराज पौडेल, हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देललगायतले प्राविधिक ज्ञानयुक्त तालिमले देशमै स्वरोजगार बन्न मदत गर्ने बताए । तालिममा ५५ जना भन्दा बढी सहभागी छन् ।

