हेटौंडा । हेटौंडा १६ स्थित गैरिगाँउ हरिराम राइले ब्यवसायीक रुपमा पालिरहेको माछा फर्ममा माछा चोर्दै गर्दा पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा हेटौडा १५ फारलाईन बस्ने वर्ष ३५ को बिनोद थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार राती ११:३० बजेको समयमा हेटौंडा१६ गैरिगाँउ हरिराम राईले ब्यवसायीक रुपमा पालिरहेको माछा फर्ममा थापाले बल्छीको पासोमा माछा मारी चोरी गरी रहेको अवस्थामा हरिरामलेदेखि लखेटी समाएका थिए।
माछा चोरी गर्ने मानिसलाई अन्दाजी १ किलो माछा र बल्छीसहित नियन्त्रणमा लिई थप अनुसन्धानको प्रहरीले जनाएको छ।
केही प्रतिक्रिया छ कि ?

