Search
Close this search box.

हेटौंडाबाट नक्कली नोटसहित अधिकारी पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ। नेपाली रु.५०० दरको नक्कली नोट १ सय ८६ थान सहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा-८ बस्ने वर्ष ४२ को राम कृष्ण अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार बिहिवार १:१० बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा- १५ रातोमाटेस्थित पुर्वपश्चिम लोकमार्ग सडकखण्डमा बर्दिबासबाट हेटौडातर्फ आउदैं गरेको बा. ३३ प ९९८३ नं. को मोटरसाईकल चालक धादिङ गंगाजमुना गाउँपालिका -२ घर भई हाल -८ बस्ने वर्ष ४२ को राम कृष्ण अधिकारीलाई शंका लागि शरीर तथा मोटरसाइकल समेतको खानतलासी गर्ने क्रममा निजले बोकेको झोला भित्र लुकाई छिपाई ल्याईएको नेपाली रु. ५००।– दरले नक्कली नोट १८६ थान ( जम्मा रु. ९३,०००।-) फेला परेको हो।

उक्त नक्कली नोट बरामद गरी अधिकारीलाई मुद्रा सम्बन्धी कसुर मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan