Search
Close this search box.

हेटौंडाको विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ


हेटौंडा।मकवानपुर प्रहरीले ३ सय ७ क्याप्सुल लागुऔषध ट्रमाडोलसहित ६ जनालाई पक्राउ गरेको छ । हेटौंडा–१३, पदमपोखरी वडा कार्यालयनजिकबाट ५ जना र हेटौंडा–१० बाट १ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा हेटौंडा–१३ बस्ने वर्ष २५ को अजित दोङ, सोही स्थान बस्ने वर्ष २१ को विनय लामा, हेटौंडा–२ मानसचोकस्थित नेपाली चुलो होटल सञ्चालक सरिता माझी, हेटौंडा–२ बस्ने बस्ने वर्ष २२ का उदेश राई, हेटौंडा–९ बस्ने वर्ष २९ का मनिष तिल्सिना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो २ बजे प्रहरी चौकी पदमपोखरी १३ नम्बर वडा कार्यालयनजिक सडककिनारमा शंकास्पद्रुपमा बसिरहेको अवस्थामा खानतलासी गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध ट्रमाडोल २५ ट्याब्लेट फेला परेको हो । उक्त लागुऔषधबारे सोधपुछ गर्ने क्रममा हेटौंडा–२ मानसचोकस्थित नेपाली चुलो होटल सञ्चालक माझीस“ग खरिद गरी ल्याएको हो बताएपश्चात् उक्त होटलमा प्रहरी टोली खटिएर सञ्चालक तथा अन्य २ जना शंकास्पद्रुपमा बसिरहेको अवस्थामा पक्राउ गरिएको थियो । खानतलासी गर्दा लागुऔषध ट्रमाडोल २ सय ६२ ट्याब्लेट र ३० ग्राम लागुऔषध गाजा फेला परेको हो ।
उक्त लागुऔषध बरामद गरी अजित दोङ, विनय लामा, सरिता माझी, उदेश राई र मनिष तिमल्सिना गरी ५ जनालाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालत हेटांैडाबाट लागुऔषध कसुर मुद्धामा ७ दिन म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले लागुऔषध क्याप्सुलसहित थप एक जनालाई पक्राउ गरेको छ । उक्त लागुऔषधसहित हेटौंडा–१० सडक डिभिजन कार्यालयबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा हेटांैडा–११ बस्ने वर्ष २४ का विनय लामा छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१० सडक डिभिजन कार्यालयअगाडि पूर्वपश्चिम सडकखण्डमा नवलपुरबाट हेटौंडा बजारतर्फ आउ“दै गरेको ना. १३ प २१३६ नम्बर मोटरसाइकलमा सवार लामालाई शंका लागेर खानतलासी गर्दा उनको साथबाट लुकाइछिपाइ ल्याइएको अवस्थामा ट्रमाडोल २० ट्याब्लेट फेला परेको हो । उक्त लागुऔषध, मोटरसाइकलसहित लामालाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमतिसहित अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan