Search
Close this search box.

कैलाशमा लागुओैषध नियन्त्रणसम्बन्धी नागरिक सुनुवाई


हेटाैँडा-मकवानपुरकाे कैलाश गाउँपालिकामा लागुओैषध नियन्त्रण सम्बन्धी नागरिक सुनुवाई कार्यक्रम भएकाे छ ।

बुधबार गाउँपािलकाको सभाहलमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा भएको लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया तथा नागरिक सुनुवाइ कार्यक्रम भएकाे हाे । अन्तरक्रियामा बाेल्दै कैलाश गाउँपालिकाका अध्यक्ष लाेकबहादुर मुक्तानले अहिलेका धेरै युवा पुस्ता लागुओैषधकाे लतमा लागेकाे भन्दै यसकाे नियन्त्रणकाे लागि प्रभावकारी कदम चाल्नुपर्ने बताए । दुर्व्यसनमा फसेकाे कारण युवाहरुकाे भविष्य नै अन्याैल बनेकाे भन्दै उनले चिन्ता व्यक्त गरे ।

गाजाँ खेती नियमन गर्ने सम्बन्धी विषयमा विधेयक प्रदेश सरकार र संघीय सरकार दर्ता भएको अवस्थामा खेती गर्नेको संख्या बढ्दै गएकाे उनकाे भनाइ छ । ‘ कैलाश र राक्सिराङमा कच्चा पदार्थ उत्पादन हुन्छ, त्यो भारत पुगेर लाखौं मुल्यमा नेपाल भित्रने गरेको छ ।’ अध्यक्ष मुक्तानले भने ‘हामी स्थानीय सरकारले चेतना अभिवृद्धि मात्रै गर्ने हो, नियन्त्रण गर्ने काम सुरक्षा निकायकाे हाे । 

प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले गाँजा खेती, बिक्री र सेवन गर्नु गैरकानुनी भएकाले त्यसाे नगर्न सबैमा आग्रह गरिन् ।  ‘गाउँको मुहार फेर्ने नै जनप्रतिनिधिले हो, भूगोल अनुरुप कार्य गर्दै लागूपदार्थ गाजाँ र अफिम खेती, विक्री वितरण र सेवनको अन्त्य गरिनुपर्छ’ प्रजिअ श्रेष्ठले भनिन् ।  अन्तरक्रियामा उठेका नागरिकता र राष्ट्रिय परिचयपत्रको गुनासोहरुलाई पनि उनले सम्बोधन गरेकी थिईन् ।
कार्यक्रममा  प्रहरी उपरीक्षक विश्वराज खड्काले लागू औषध  सम्बन्धी आफ्नो प्रस्तुति दिएका थिए । उनले दुव्र्यसनका चरणहरु, शारिरीक तथा मानसिक असरहरु, यूवाहरुमा परेको असरहरु, ऐनमा उल्लेख भएका विशेषता तथा दण्ड सजायबारे जानकारी दिएका थिए । अफिमबाट बन्ने ब्राउन सुगर प्रयोगकर्ता मकवानपुरमा अन्य जिल्लाभन्दा अग्र स्थानमा रहेको प्रहरी उपरीक्षक खड्काले बताए । चालु आवमा चार हजार तीन सय १७ किलो गाजाँ र २० किलो अफिम बरामद गरिसकेको तथ्याङ्कमा उल्लेख रहेको छ ।
कार्यक्रममा मकवानपुर रिकभरी समूहका अनिल लामाले आफ्ना अनुभव र दुव्र्यसनमा फस्ने किशोर अवस्था र यूवाहरुको दुव्र्यसनको चक्रबारे आफ्नो प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । प्रस्तुती पश्चात वडा १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, वडा ७ का अध्यक्ष उदासकुमार भोलन, वडा ९ का अध्यक्ष भूवन सिं घलान, मणिकलाल मुक्तान, रवीन्द्र थिङ, महेश चेपाङ, राजकुमार चेपाङ, राजेन्द्र थिङले आफ्ना जिज्ञासा राख्नुका साथै नागरिकता तथा राष्ट्रिय परिचयपत्रको विषयमा भनाई राखेका थिए ।
प्रजिअ श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाअ अध्यक्ष मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan