Search
Close this search box.

आफ्नै छोरी र दाजुको छोराको हत्या

चितवनको भरतपुर महानगरपालिका-२५ शुक्रनगरमा शुक्रबार बिहान पारिवारिक घटनामा ४२ वर्षीय लिलाराज गिरीले आफ्नै छोरी र दाजुको छोराको हत्या गरेका छन् ।

गिरीले खुर्पा प्रहार गरेर आफ्नी छोरी प्रभा गिरी र दाजु दया गिरीका छोरा सजन गिरीको निर्मम हत्या गरेका हुन् ।सजनको उमेर करिब ६/७ वर्ष र प्रभा किशोरी उमेरकी थिइन् ।

गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगिएको थियो, तर चिकित्सकको प्रयास सफल हुन सकेन। उपचारका क्रममा शुक्रबार बिहान दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेका थिए । उनको भरतपुरमै गम्भीर अवस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

हत्या किन गरिएको हो भन्ने कारण हालसम्म खुल्न सकेको छैन । घटना रहस्यमय र गम्भीर भएकाले विस्तृत अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताएका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan