Search
Close this search box.

भिमफेदीमा विङ्गर गाडी ब्रेक फेल भएर दुर्घटना : १४ जना घाइते, तीन जनाको अवस्था गम्भीर

हेटौंडा । मकवानपुरको भिमफेदीमा विङ्गर गाडी ब्रेक फेलभई दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

भिमफेदी गाउँपालिका- ९ स्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठ्टी मोडमा चित्लांग बाट सर्लाहीको लालबन्दी जादै गरेको गाडी सडक देखी करिब २० मिटर तल खसी दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार छैसठ्टी मोडमा चित्लांगबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २-०३-००१ ज ०१४७ नं को विङ्गर गाडी सडक देखी करिब २० मिटर तल खसी दुर्घटना भएको हो।

गाडी सल्लाको रुखमा अड्किएको छ भन्ने खबर प्राप्त हुनासाथ घटनास्थलमा खटिएको प्रहरी टोलीले घाइतेको उद्दार र गरि हेटौंडा अस्पताल ल्याइएको जानकारी दिइएको छ।

उक्त गाडीमा चालकसहित १४ जना सवार १४ जना रहेको भन्ने बुझिएको र जसमध्ये ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

बेक्र फेलभई उक्त गाडी दुर्घटना भएको भन्ने उद्दारमा खटिएको प्रहरी टोलीले जानकारी गराएको बताइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan