हेटौंडा । हेटौंडामा घरमा आगलागी हुँदा दुईजना घाइते भएका छन् । हेटौंडा -८ कमानेस्थित नमुनाटोलको एक घरमा तरकारी बनाउने क्रममा आगलागी हुँदा घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बुधबार ५:४० बजेको समयमा हेटौंडा -८ कमानेस्थित नमुनाटोल बस्ने बच्चा देवान बाबुको घरमा डेरा गरी बस्ने पर्सा वीरगन्ज महानगरपालिका- ३० बस्ने सलाउदिन देवानको छोरी वर्ष १३ कि असिया खातुनले तरकारी पकाउनको लागि कराईमा खाने तेल हाल्ने क्रममा झुक्किएर डिजेल हाल्दा आगो उत्पन्न भएको हो।
उक्त आगोले असिया खातुनको अनुहार, हात, पिठिउँ र खुट्टामा जलि घाइते भएको प्रहरीले जनाएको छ।
त्यस्तै भारत बिहार राज्य जिल्ला मोतिहारी आदापुरग्राम कलबारी मझौलिया बस्ने समिम आलमको श्रीमती वर्ष २५ कि अफ्रिदा खातुनको बाया कान, गाला र बाया हातमा जलि सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीले घाइते दुबैजनालाई उपचारको लागी हेटौंडा अस्पताल तर्फ ल्याएको र दुबै घाइतेको हेटौडा अनस्पताल उपचार भई रहेको जानकारी दिइएको छ।
आगो पुर्ण रुपमा नियन्त्रणमा आइसकेको छ ।
उक्त आगलागीबाट धान, चामल र कपडा गरी अन्दाजी २० हजार बराबर क्षति भएको जानकारी दिइएको छ।

