Search
Close this search box.

लेबनानमा इजरायली ड्रोन आक्रमणमा हिज्बुल्लाह लडाकुको मृत्यु

इजरायली सेनाले दक्षिणी लेबनानमा ड्रोन आक्रमण गर्दा हिज्बुल्लाहको एलिट रडवान फोर्सका एक लडाकुको मृत्यु भएको छ ।

आईडीएफ (इजरायल रक्षा बल)ले दक्षिणी लेबनानको रब एल थालाथिन क्षेत्रमा हिज्बुल्लाह रडवान फोर्सका एक आतंककारीलाई आक्रमण गरी मारेको हो ।

इजरायली युद्धक विमानहरूले पूर्वी लेबनानको बेका क्षेत्रमा हवाई आक्रमण गरेका छन् । सेनाका अनुसार उक्त स्थानमा रकेट लन्चर र हतियारहरू थिए र हिज्बुल्लाह लडाकु गतिविधि पहिचान गरिएको थियो ।

नोभेम्बर २०२४ मा हिजबुल्लाहसँग १४ महिनादेखि चलिरहेको सीमापार लडाइँको अन्त्य भएको युद्ध विरामको बाबजुद पनि इजरायलले दैनिक रूपमा गर्दै आएको आक्रमणमध्ये यो पछिल्लो आक्रमण हो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan