मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिका -२ भुन्द्रुङ स्याङ्बो टोलको एक गोठमा आगलागी हुँदा ५ लाख बराबरको क्षति भएको छ।
बुधबार साझ ५ बजे भुन्द्रुङ स्याङ्बो टोल बस्ने वर्ष ५८ को सुरेन्द्रको घर नजिकै रहेको गाई गोठ र सँगै रहेको भान्सामा आगोलागि हुँदा पशुचौपाय, काठ, जस्तापाता, ग्यास सिलिण्डर, भाडाकुडा लगायतका पाँच लाख बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट गाई गोठमा रहेको एक हल(२वटा) गोरु, बाख्रा ७ वटा, कुखुरा १५ वटा पूर्ण रुपमा जल्नुको साथै भाडाकुडाहरु र २ वटा ग्याँस सिलिण्डर समेत पड्केर जलि पुर्ण रुपमा क्षति भएको थियो।
आगो निभाउने क्रममा सिलिण्डर पड्किएर सोही स्थान बस्ने वर्ष २६ को मन कुमार स्याङबोको दाहिने छातिको भागमा सामान्य चोट लागि उपचारको लागि स्थानिय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
आगलागिबाट पशुचौपाय, काठ, जस्तापाता, ग्यास सिलिण्डर, भाडाकुडा लगायतका सामान गरी अनुमानित पाँच लाख बराबरको क्षति भएको घर धनीले बताएको जानकारी दिइएको छ।
प्रहरी र स्थानीयको सहयोगमा ६:५० समयमा आगो पुर्णरुपमा नियन्त्रणमा आएको थियो।

