मकवानपुर । मकवानपुरको बकैयामा बिच्छिले टोकेर बालिकाको मृत्यु भएको छ। बकैया गाउँपालिका-७ मैनाटार बस्ने बिर बहादुर वाईवाको छोरी वर्ष ८ कि अस्मिता वाईवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बिहिवार बेलुका बजेको ६ बजेको आफ्नै घरमा नुहाएर कपडा लाउने क्रममा बाया साइडको कम्मरको भागमा बिच्छिले टोकेको थियो।
सास फेर्न गार्हो भई उपचारको लागी हेटौंडा अस्पताल ल्याएको र उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
केही प्रतिक्रिया छ कि ?

