Search
Close this search box.

मकवानपुरबाट ८० किलो लागुऔषध गाँजासहित दुई जना पक्राउ

मकवानपुर – मकवानपुर प्रहरीले ८० किलो १२० ग्राम लागुऔषध गांजासहित दुईजनालाई पक्राउ गरेको छ। मकवानपुर थाहा नगरपालिका-३ थानाबजार स्थित त्रिभुवन राजपथ सडक खण्डमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा टाटा सुमो चालक गोरखा पालुङटार नगरपालिका- १० मिरकोट स्थायी घर भई हाल काठमाडौ नगरपालिका – १३ कालिमाटी डेरा गरी बस्ने वर्ष २८ को मधु सुदन अधिकारी र सोही सुमोमा सवार रहि आएका सिन्धुली दुधौली नगरपालिका – ८ खोरभञ्ज्याङ स्थायी घर भई हाल काठमाण्डौ स्थित डल्लुमा डेरा गरी बस्ने वर्ष २५ को नवराज खड्का रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार, १८ गते साढे १ बजेको समयमा थाहा नगरपालिका – ३ थानाबजारस्थित त्रिभुवन राजपथ सडक खण्डमा लागुऔषध ओसारपसार भईरहेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटीएको प्रहरी चेकिङ टोलीले पक्राउ गरेको हो।

चेकजाँच गर्ने क्रममा डाडाँबासबाट काठमाण्डौ जादै गरेको बा.५.च ४४११ नम्बरको टाटा सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा चालक अधिकारी र सोही सुमोमा सवार रहि आएका खड्कालाई शंका लागी निजहरुको शरीर तथा सुमो गाडी समेतको रितपुर्वक खानतलासी गर्दा सुमो भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा ८० किलो १२० ग्राम गाजा फेला परेको थियो।

उक्त लागुऔषध तथा सुमो बरामद अधिकारी र खड्कालाई नियन्त्रणमा मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागुऔषध कसुर मुद्धामा १० दिनको म्याद अनुमती लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan